हेटौंडा अस्पतालका ३६ कर्मचारीमा कोरोना संक्रमण
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) का ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत बिहीबारदेखि आजसम्म ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।
अस्पतालको ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जनामा गरी कूल ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष प्रसाईले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई समेत संक्रमण पुष्टि भएको उनको भनाई छ ।
मकवानपुरमा कोरोना संक्रमणदर बढिरहेको अवस्थामा इमर्जेन्सी भएमा मात्र अस्पताल आउन अस्पताल प्रशासनले आम नागरिकहरुलाई आग्रह गरेको छ । हामीलाई माघ महिनाभर अस्पतालको सेवामा केही समस्या उत्पन्न भएता पनि विभिन्न नीजि अस्पताल तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु परिचालन गराउनको लागि सम्बन्धित निकायलाई जानकारी गरी आवश्यक पहल गरिने प्रसाईले बताए ।
संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिक समक्ष आग्रह गरिएको छ । फ्रन्ट लाइनमा रहेका काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी लगायतलाई आजबाट बुस्टर डोज लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र