जनमत पार्टीका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड, एक दर्जन कार्यकर्ता पक्राउ
सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तरगत सडकमा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् ।
ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए । किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ । प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
