आलियाको ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज
शुक्रबार, २१ माघ २०७८, १५ : ४१
आलिया भट्ट, अजय देवगन अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कमाठीपुरमा हुर्किएकी गंगुबाई एक आम महिलाबाट माफिया क्विन बनेको कथा देखाइएको छ । फिल्मको ट्रेलर रिलिज भएको जानकारी दिँदै अभिनेत्री भट्टले लेखेकी छन् ‘गंगुबाई जिन्दावाद ।’
फेब्रअरी २५ मा रिलिज हुने फिल्म सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् । अभिनेत्री आलियाले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित रहेर फिल्म निर्माण भएको हो ।
फिल्म यस अगाडि ८ जनवरीमा रिलिज हुने तरखरमा थियो । कोरोनाको तेस्रो लहरका कारण २५ फेब्रुअरीमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण