नुवाकोटमा महत काका–भतिजलाई लक्षित गरेर एम्बुस पड्किएपछि... (फोटोफिचर)
काठमाडौँ । नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ ।
विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल छन् ।
चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा आज बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए ।
बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौँतर्फ लगिएको छ ।
उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण