सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
बुधबार, २४ असार २०८३, १८ : ५१
सिरहा। सिरहाको लक्ष्मीपुर पतारीमा एक महिलाको शव फेला परेको छ। लक्ष्मीपुर पतारी–३ महेशपुरकी ४० वर्षीया रञ्जुदेवी यादवको शव सोही पालिकाको वडा नम्बर ५ र ६ जोड्ने सरस्वती खोलाको उत्तरी किनारमा फेला परेको हो।
स्थानीय अजय यादवले भैँसी चराउने क्रममा शव देखेपछि उनका आफन्त र प्रहरीलाई खबर गरेका थिए। खबरपछि पुगेका प्रहरीले घटनाको मुचुल्का गरी पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल, लहान पठाएको छ।
मृतकका बुबा हरिदेव यादवले रञ्जुलाई मानसिक समस्या रहेकाले केही समयदेखि माइतीमै बस्दै आएको बताए। उनले मानसिक समस्या रहेकाले उनको घरमा बस्ने, हिँड्नेसमेत ठेगान नहुने बताए। उनको माइती पनि लक्ष्मीपुर पतारी–५ पथलगडामा हो।
मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे तत्काल केही बताउन नसकिने भन्दै थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण