शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनामा अर्बौंको आईपीओ अनुमति

बिहीबार, २७ माघ २०७८, १७ : ४४
बिहीबार, २७ माघ २०७८

६ महिनाको अवधिमा एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन अनुमति दिइएको छ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा उक्त मूल्य बराबरको आईपीओ निष्कासन अनुमति दिएको हो ।

यस्तै, सोही अवधिमा पाँच संस्थालाई एक अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन अनुमति पाएका छन् । यसैगरी, चार संस्थाले यहि अवधिमा तीन अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन अनुमति पाएको जनाइएको छ ।

अर्थ मन्त्रालयले चालू वर्षको अर्धवार्षिक समीक्षा गर्दै उक्त मूल्य बराबरको आईपीओ, हकप्रद सेयर र ऋणपत्र निष्कासन अनुमति दिइएको जनाएको छ । यससँगै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्षको ६ महिना अवधिमा सूचीकृत कम्पनीको संख्या बढेको छ ।

गत वर्षको ६ महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१५ वटा कम्पनी सूचीकृत थिए । जुन, यो वर्ष पुस मसान्तसम्ममा २२५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप