६ महिनामा अर्बौंको आईपीओ अनुमति
६ महिनाको अवधिमा एक अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन अनुमति दिइएको छ । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा उक्त मूल्य बराबरको आईपीओ निष्कासन अनुमति दिएको हो ।
यस्तै, सोही अवधिमा पाँच संस्थालाई एक अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन अनुमति पाएका छन् । यसैगरी, चार संस्थाले यहि अवधिमा तीन अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन अनुमति पाएको जनाइएको छ ।
अर्थ मन्त्रालयले चालू वर्षको अर्धवार्षिक समीक्षा गर्दै उक्त मूल्य बराबरको आईपीओ, हकप्रद सेयर र ऋणपत्र निष्कासन अनुमति दिइएको जनाएको छ । यससँगै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्षको ६ महिना अवधिमा सूचीकृत कम्पनीको संख्या बढेको छ ।
गत वर्षको ६ महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१५ वटा कम्पनी सूचीकृत थिए । जुन, यो वर्ष पुस मसान्तसम्ममा २२५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण