एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की
आइतबार, ०८ फागुन २०७८, ११ : २९
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी आजै टेबल गर्न सहमति जुटेको र आजै टेबल हुने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीमाझ भने । यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो ।
यसैबीच गठबन्धनमा सहमति जुटेसँगै प्रतिनिधिसभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबलको प्रस्तावसहित कानुनमन्त्री दिलेन्द्र बडू बैठकमा पुगेका छन् । बैठक बानेश्वरस्थित संसद भवनको शंकर हलमा केहीबेर सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण