प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास, बोल्यो सेना

प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्माले भाषण गरेको भन्दै भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।
त्यसबारेमा बोल्दै सेनाले सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै नेपाली सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी संवेदनशील विषयहरु सेनासँग जोडी आफ्नो निहित स्वार्थ र नियत पूरा गर्न समाजमा भ्रम फैलाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
सेनाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरु प्रति नेपाली सेना खेद प्रकट गर्दछ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनु हुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ ।’ सेनाले सामाजिक सञ्जालमा नक्कली परिचय बनाई भ्रम फैलाएको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सच्चियो रविको बन्दी प्रत्यक्षीकरण निवेदन, अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विपक्षी
-
नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर
-
मनीष झाले रोपेको ‘स्वार्थको द्वन्द्व’को बीउले लेखा समितिमा लफडा
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष