आउँदो चुनावमा हरियो रंगको चुनाव चिन्ह
आगामी स्थानीय तहको चुनावको मतपत्रमा हरियो रंगको चिन्ह हुने भएको छ । निर्वाचन आयोगले मतपत्रमा उज्यालो हरियो रंगको चुनाव चिन्ह रहने निर्णय गरेको हो ।
यसअघि सेतो कागजमा निलो वा रातो रंगको चिन्ह रहने गरेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले स्वस्तिक छापसँग मिलेको, रातीको समयमा चिन्ह प्रष्ट नदेखिने वा टल्कने समस्या देखिएकोले प्राविधिक रुपमा चुनाव चिन्हको रंग बदलेको बताए ।
यस्तै आयोगले निर्वाचन सम्बन्धी छपाई सामग्री ढुवानीका लागि ट्रक, हेलिकोप्टर जस्ता साधन सुचीकृत गराउन बोलपत्र आह्वान गरेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।
आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले मतदाता शिक्षा प्रचार प्रसारका लागि अडियो भिडियो सामाग्री निर्वाचन सम्बन्धी गितीसन्देश, सम्बादमूलक सन्देश आदिको प्रतिस्पर्धा गराएकोमा सोको गीतकार, गायक, संगीतकारको टोलीले मूल्याङ्कन गरिरहेको जानकारी दिए । उत्कृष्ट सामग्री मतदाता शिक्षाका लागि प्रयोग गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण