शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेताको कार्यविभाजन हुने, केन्द्रीय समिति सदस्यको नाममा विवाद

सोमबार, २३ फागुन २०७८, १८ : ०६
सोमबार, २३ फागुन २०७८

नेकपा माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन गरिने भएको छ । पार्टी स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने भएपछि तत्कालका लागि पदाधिकारी चयन नगर्ने तर कार्यविभाजन गरेर जाने केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । 
माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले हाललाई नेताहरुको कार्यविभाजन गरेर जाने निर्णय भएको रातोपाटीलाई बताए । तर, पदाधिकारी, पोलिटब्युरो, तथा स्थायी कमिटी गठन आगामी जेठ २० मा बोलाइएको केन्द्रीय समितिको बैठकबाट गरिनेछ । 

हाललाई माओवादीको केन्द्रीय समिति ३४४ जनाको हुनेछ भने जसमध्ये २९७ जनाको नामावली टुंगो लागेको छ । यसअघि प्रचण्डले वैकल्पिकसहित थप ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए ।  सो नाममा विवाद भएपछि हाललाई २९७ जनाको नाममात्र टुंगो लगाएर बाँकीलाई वैकल्पिकमा समेट्ने र अरु नाम पछि टुंग्याउने छ । 

नेताहरुका अनुसार ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने तय भएको छ । प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए । 
कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य मनोनयन गर्ने प्रस्ताव गर्दै प्रचण्डले जसअनुसार ८५ जना मनोनयन हुने बताएको ती नेताको भनाइ छ । जसअनुसार केही मनोनित भइसकेको र बाँकी विभिन्न तहको कमिटीबाट आउने सिफारिसका आधारमा मनोनयन गरिनेछ ।

प्रचण्डका अनुसार केन्द्रीय समिति जम्बो बनाउन नसकिने भएकाले नै वैकल्पिकको व्यवस्था गरिने बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप