प्रदेशस्तरीय प्रथम अध्यक्षकप सुरु : उद्घाटन खेलमा टेम्के विजयी
प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुआत गरेको हो ।
पहिलो हाफको २६औँ मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुवै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।
उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्ट्राइकर जनक कोइराला भएसँगै उनलाई नगद दुई हजार ५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताअन्तर्गत भोलि हुने क्वार्टरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।
प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापाले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिमले नगर एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडीका साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि पुरस्कृत हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण