शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि जाल्पा लघुवित्तको सेयर कारोबार सुरु हुने

शनिबार, २८ फागुन २०७८, १५ : ०७
शनिबार, २८ फागुन २०७८

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।

नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४.६० रुपैयाँ र अधिकतम ४९३.८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको सेयर मूल्य यही न्यनतम र अधिकतममूल्यको बीचमा रहेर कारोबार हुने छ ।

लघुवित्तले माघ २१ गतेदेखि २९ गतेसम्म आइपीओको बिक्री खुलाएको थियो । यस्तै, फागुन १ गते सेयर बाँडफाँड भएको थियो । सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप