बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नदीको बहाव परिवर्तनसँगै भारतीय अतिक्रमणमा नेपाली भूमि

मङ्गलबार, ०१ चैत २०७८, १२ : ५३
मङ्गलबार, ०१ चैत २०७८

सीमामा रहेको नदीको बहाव परिवर्तनसँगै नेपाली भूभाग भारतीय अतिक्रमणमा परेको छ । धनुषाको दक्षिणी क्षेत्रमा रहेको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित वडा नम्बर २ को केही भूभाग अतिक्रमणमा परेको हो । 
नेपाल–भारत सीमानामा पर्ने जमुनी नदीले बहाव परिवर्तन गर्दै करिब ५ सय मिटर नेपाली भूमि मिचिएको छ । नदीको बहाव परिवर्तनसँगै नेपाली भूमिमा रहेका जग्गा भारतीयहरुले दावी गर्न थालेका छन् ।

जमुनी नदीको किनारतर्फ सो गाउँपालिकाको वडा नम्बर २ का भिखारी यादवसँग लालपुर्जा सहित १५ कठ्ठा जग्गा छ । तर नदीले वहाव परिवर्तनसँगै सो जग्गा हेर्दा हेर्दै भारततर्फ गएपछि उनी चिन्तित बनेका छन् । उनले नदीले धार परिवर्तन गरेर पारीपट्टि पुगेको आफ्नो जग्गा अहिले भारतीयहरुले दावी गर्न थालेको बताए । धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षका किसान जिवछ यादवले पनि जमिन भारतीयले दाबी गरेपछि चिन्ता थपिएको बताए ।  अहिले जोतभोग गर्न नपाएकोले निकै समस्या भई रहेकाले दैनिक मजदुरी गरेर घर परिवार चलाउनुपर्ने बाध्यता भएको उनले बताए । 

मुखियापट्र्टी मुसहरनीया वडा नम्बर २ स्थित नेपाल भारतको दशगजा क्षेत्र रहेको नदी पारि जिवछ यादवको एक विगाह जग्गा रहेको छ । वडाअध्यक्ष नरेश प्रसाद यादवले  जमुनी नदीमा आएको बाढीले वहाव क्षेत्र नै परिवर्तन भएपछि १० जना भन्दा बढी नेपालीहरुको जग्गा नदीपारि परेपछि भारतीयले दाबी गरेको बताए । 

नदीले वहाव क्षेत्र परिवर्तन गर्दा समेत नेपाल भारतको सिमा स्तम्भ संकेत नम्बर २८९ का विभिन्न पिलरहरु जमुनी नदीको पुरानै वहाव क्षेत्र अनुसार गाडिएपछि जिवछ यादवलगायतहरुले आफ्नो खेत उपभोग गर्न नदी तरेर जानुपर्ने बाध्यता छ, तर भारतीय पक्षले भने जिवछ यादव, भिखारी यादवलगायतको जग्गा कब्जा गरेर जवरजस्ती उब्जाउने गरेकाले जिवछ यादव खेतविहीन हुन पुगेको बताइएको छ । 

‘खेतमा नेपाल भारतको सिमास्तम्भ छ, सीमा स्तम्भको पारी भारत र वारी नेपालको भूमि हो, तर नेपाली किसानहरुले आफ्नो खेत जोतभोग गर्न नपाएर समस्यामा रहेको स्थानीय नेतृ मञ्जु यादवले बताइन् । भारतीय एसएसबीले भारतीय नागरिकलाई उचालेर नेपाली भूमि कब्जा भइरहँदा सीमा सुरक्षामा खटेका नेपालका सशस्त्र प्रहरीले भने नेपाली जग्गा अतिक्रमण भइरहेको टुलुटुलु हेर्ने गरेको स्थानीयहरुको भनाइ छ ।

सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगरले सीमा क्षेत्रमा रहेको नेपाली जग्गा कब्जा भएको भनि निवदेन दिनुपर्ने बताए । त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने यस विषयमा जानकारी लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप