पीएनजीले दियो नेपाललाई २०५ रनको लक्ष्य
आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन(२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपालसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको हो ।
पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।
नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए । शृंखलाको दोस्रो खेल नेपालले १८ मार्चमा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल २१ मार्चमा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल २२ मार्चमा पिएजनीविरुद्ध खेल्ने छ ।
नेपाल आठ खेलमा आठ अंकसहित छैटौँ स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन । त्यस्तै यूएई भने १५ खेलमा १८ अंकसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अंकसहित चौथो र पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण