शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हल्लै हल्लाले बन्द भयो दमौली बजार

शुक्रबार, ०८ मङ्सिर २०७४, १० : ०६
शुक्रबार, ०८ मङ्सिर २०७४

तनहुँ - तनहुँको सदरमुकाम दमौली बजार र आसपासका क्षेत्र आज नेपाल बन्द भन्ने हल्लाले बन्द भएको छ । 

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले भने बन्द आयोजना नगरेको जनाएको छ । बन्दको हल्लाले बजार खुल्न सकेको छैन । 

दमौलीबाट पोखरा, काठमाडौं तथा भित्री सडकमा चल्ने गाडिहरू अहिले चलेका छैनन् । होटल र मेडिकल खुलेका छन् भने एम्बुलेन्स, दुध बोक्ने गाडि तथा पर्यटक बस चलेका छन । 

बन्द आयोजक कतै देखिएका छैनन् । तर सुरक्षाकर्मीको उपस्थिति भने चोकचोकमा बाक्लो देखिन्छ । बजारका भित्री भागहरूमा भने मोटरसाइकल फाट्टफुट्ट चलेको छन् ।

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिङ दमौली सडक खण्डमा अहिले फाट्टफुट्ट रुपमा मात्रै गाडी चलेका छन् । 

बन्द छैन
नेकपा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान नगरेको स्पष्ट पारेको छ ।

प्रहरीले धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि भूमिगत भएका एक नेताले भने  ‘हामीले बन्द आह्वान गरेका छैनौं । हल्ला कहाँबाट आयो थाहा छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप