हल्लै हल्लाले बन्द भयो दमौली बजार
तनहुँ - तनहुँको सदरमुकाम दमौली बजार र आसपासका क्षेत्र आज नेपाल बन्द भन्ने हल्लाले बन्द भएको छ ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले भने बन्द आयोजना नगरेको जनाएको छ । बन्दको हल्लाले बजार खुल्न सकेको छैन ।
दमौलीबाट पोखरा, काठमाडौं तथा भित्री सडकमा चल्ने गाडिहरू अहिले चलेका छैनन् । होटल र मेडिकल खुलेका छन् भने एम्बुलेन्स, दुध बोक्ने गाडि तथा पर्यटक बस चलेका छन ।

बन्द आयोजक कतै देखिएका छैनन् । तर सुरक्षाकर्मीको उपस्थिति भने चोकचोकमा बाक्लो देखिन्छ । बजारका भित्री भागहरूमा भने मोटरसाइकल फाट्टफुट्ट चलेको छन् ।

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिङ दमौली सडक खण्डमा अहिले फाट्टफुट्ट रुपमा मात्रै गाडी चलेका छन् ।
बन्द छैन
नेकपा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान नगरेको स्पष्ट पारेको छ ।

प्रहरीले धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि भूमिगत भएका एक नेताले भने ‘हामीले बन्द आह्वान गरेका छैनौं । हल्ला कहाँबाट आयो थाहा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा नाराबाजीसहित बेल घेराउ, पेलेरै अघि बढे सभामुख (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण