महामन्त्री थापाले भने - गठबन्धन गर्नुहुँदैन
सोमबार, १४ चैत २०७८, १० : ००

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गठबन्धन गर्न नहुने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै थापाले कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन् ।
उनले भने, ‘कम्युनिस्टबाट लोकतन्त्र खतरामा छ भनेर हामीले पटक पटक भनेका छौँ । कम्युनिस्टहरूलाई मिल्न नदिन गठबन्धन गरेर जाँदा लोकतन्त्रमाथि खतरा हुँदैन भनेर जाने हो ?’ अहिले लाखौं नयाँ मतदाता थपिएको भन्दै उनले उनीहरूलाई अरु पार्टीमा भोट हाल्न लगाओैँ भने काँग्रेस नरहने खतरा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण