शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्षमा बुढाथोकी

आइतबार, २० चैत २०७८, १५ : ४३
आइतबार, २० चैत २०७८

एम्नेस्टी इन्टरनेसनल नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको तीसौं वार्षिक साधारण सभा आइतबार धुलिखेलमा सकिएको हो । साधारणसभाले वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरूमाथि छलफल गरी पारित गर्नुका साथै दुई वर्षको आगामी कार्यकालका लागि एम्नेस्टी नेपालको नेसनल बोर्ड र पुनरावेदन समितिको नयाँ नेतृत्व चयन गरेको छ ।

साधारण सभामा एम्नेस्टी नेपालमा आबद्ध समूह, युथ नेटवर्क, समर्थक सदस्यहरूको तर्फबाट २५४ मताधिकार प्राप्त प्रतिनिधिहरू, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरू, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय सचिवालयका प्रतिनिधिहरूलगायत ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

साधारण सभाले विपिन बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय एम्नेस्टी नेपालको नेसनल बोर्ड र जीवन प्रसाद फूँयालको नेतृत्वमा तीन सदस्यीय पुनरावेदन समितिको गठन गरको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप