रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
इस्तानबुल । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबिचको बैठक टर्कीको इस्तानबुलमा शुक्रबार सम्पन्न भएको छ।
बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए। उनले भने, ‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्यौँ। एक हजार युद्धबन्दीहरूको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो।’
शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे। उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ। हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौँ।’
मेन्डिन्स्कीले दुई पक्ष भविष्यको सम्भावित युद्धविरामको बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने विषयमा सहमत भएको पनि बताए । दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको मिति तय गरे पनि त्यसलाई सार्वजनिक गरेका छैनन्।
बैठकपछि राष्ट्रपति जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन्। जेलेन्स्कीले भने, ‘रुस युद्ध अन्त्य गर्न तयार नभएसम्म रुसमाथि दबाब कायम राख्नुपर्छ। युक्रेन सकेसम्म चाँडो वास्तविक शान्तिको लागि कदम चाल्न तयार छ। विश्वले बलियो अडान कायम राख्नु महत्त्वपूर्ण छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण