शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनएसएलका कारण मच्छिन्द्रलाई गोल गर्ने खेलाडीको अभाव !

बुधबार, २३ चैत २०७८, ११ : ५७
बुधबार, २३ चैत २०७८

नेपालका ए डिभिजन लिग क्लब मच्छिन्द्रले मंगलबार एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकाको क्लब ब्लू स्टारसँग खेल्यो । पहिलो पटक एएफसी कप छनोट खेलेको मच्छिन्द्र ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित हुँदै प्लेअफबाट नै बाहिरियो । नेपालका लिग च्याम्पियन क्लब श्रीलंकाको क्लबविरुद्ध फिक्का भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लू स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले एक–एक गोल गरे । यता मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले इन्ज्युरी समयमा एक गोल फर्काए । इन्ज्युरी समयमा उनले गरेको गोलले मच्छिन्द्रलाई हारबाट जोगाउन प्रयाप्त थिएन ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा परेर उत्कृष्ट प्रदर्शन गरेका र उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीले भरिएको मच्छिन्द्रले सोचे अनुसार प्रदर्शन गर्न सकेन । आफूहरुलाई गोल गर्ने खेलाडीको कमि भएको कारण मात्र जित निकाल्न नसकेको मुख्य प्रशिक्षक प्रवेश कटवालले बताए । साथै टिममा रहेका फर्वाडहरुले पनि सोचे अनुसार प्रदर्शन गर्न नसक्दा अघिल्लो चरण पुग्न असफल भएको बताए ।

‘हामीसँग भएका खेलाडीहरुले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेनन् । टिममा भएका विदेशी खेलाडी पनि चलेनन् । त्यसैले पहिलो चरणबाट नै बाहिरिनु पर्यो,’ कटवालले खेल पछि पोष्ट म्याच कन्फ्रेन्समा भने ।

कटवालले आफूले पहिलो रोजाइको खेलाडीहरु नै मैदानमा उतारेको बताए । उनले आफूहरुले पाएको अवसर सदुपयोग गर्न नपाएको बताए । ‘हामीले पाएको अवसर सदुपयोग गर्न सकेनौं । पहिलो रोजाइको खेलाडी नै मैदान उतारेका थियौं । ब्लू स्टारको खेलाडीलाई कभर गर्न नसक्दा पराजित हुने पुग्यौं,’ कटवालले भने ।

कटवालले नेपाल सुपर लिग (एनएसएल)का कारण पनि राम्रो फरवार्ड टिममा राख्न नभएको बताए । गोल गर्ने राम्रो खेलाडी नेपालमा नै भएपनि एनएसएलले दुविधामा पारेको बताए । एनएसएल हुने नहुने विषयमा अन्योल हुँदा खेलाडी अनुबन्ध गर्न नसकेको बताए ।

‘हामीलाई गोल गर्ने खेलाडीको अभाव भयो । नेपालमा नै गोल गर्ने क्षमताका धेरै खेलाडीहरु थिए । एनएसएल हुने नहुने अन्योल हुँदा खेलाडीलाई टिममा भित्राउन सकिएन,’ पटवालले भने ।

कटवालकै नेतृत्वमा मच्छिन्द्रले ए डिभिजन लिगको उपाधि जितेको थियो । अघिल्लो सिजन मच्छिन्द्रले प्रतियोगिता खेल्ने अवसर पाएको थियो । तर, एएफसी लाइसेन्स नहुँदा मच्छिन्द्रले प्रतियोगिता खेल्न पाएन ।

मोफसको प्रतियोगितामा जित निकाल्न नसकेको टोलीले एएफसी कपमा उत्कृष्ट प्रदर्शन गर्छ भन्ने अपेक्षा थियो भन्ने पत्रकारको पश्नमा पटवालले भने,‘हामीले मोफसलका प्रतियोगिता पहिलो रोजाइका खेलाडीहरु कमै खेलाएका थियौं । खेलाडी घाइते हुन्छ की भन्ने हामीलाई चिन्त थियो । त्यसैले एएफसी कप छनोटलाई महत्व दिएर मोफसलका प्रतियोगिता खेलेका थियौं,’ कटवालले भने ।

यता ब्लू स्टरका मुख्य प्रशिक्षक बन्दा सामारकोनले मच्छिन्द्रविरुद्धको जितले हाम्रो जितले श्रीलंकाका दुखद अवस्थामा केही मलम लगाउने काम काम गरेका बताए ।

श्रीलंकामा अहिले आर्थिक संकटले खेलाडीहरुलाई पनि असर पारेको बताउँदै उनले यो जितले केही खुसी दिलाएको बताए । ‘श्रीलंका अहिले नराम्रो अवस्थामा छ । यो जितले पक्कै पनि केही राहत दिनेछ । आर्थिक संकटले खेलाडीमा पनि असर परेको छ । यो जितले केही खुसी दिनेछ,’ बन्दा सामारकोनले पोस्ट म्याच कन्फ्रेन्समा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप