ब्याटलग्राउन्ड झापा : यस्तो देखियो चुनावी रौनक (फोटोफिचर)
झापा । पहिलो चरणको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै अब सबैको ध्यान मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन तर्फ मोडिएको छ ।
यसैक्रममा दोस्रो चरणको चुनाव हुने प्रदेश नम्बर १ र २ का जिल्लाहरुमा रातोपाटीको टोली स्थलगत रिपोर्टिङको लागि पुगेको छ ।
झापाको भद्रपुर विमानस्थलमा ओर्लिएर मुख्य बजार विर्तामोडतिर अघि बढ्दादेखि नै जिल्लालाई चुनावी मौसमले छपक्क छोपेको महसुस हुन्छ ।
घर–घरमा पार्टीका झण्डा, सडक छेउमा ब्यानर, चिया पसलमा राजनीतिक गफ गर्नेहरुको भीड यी सब देख्दा झापाका जनताले मंसिर २१ को चुनावलाई उत्सुकताका साथ पर्खिरहेको सजिलै बुझ्न सकिन्छ ।
त्यसमाथि पनि एमाले अध्यक्ष केपी ओली, काङ्ग्रेस नेता कृष्ण सिटौला, माओवादी केन्द्रका नेता राम कार्की, राप्रपाका नेता राजेन्द्र लिङ्देन जस्ता हेभिवेट नेताहरु चुनावी मैदानमा उत्रिएकाले पनि सबैको ध्यान झापामा केन्द्रीत भएको छ ।
झापाका विभिन्न स्थान घुम्ने र त्यहाँका नेता कार्यकर्ताहरुसँग भलाकुसारी गर्ने क्रममा त्यहाँ चुनावी माहौल झल्किने केही तस्विरहरु क्यामारामा कैद गरिएको छ ।
हेर्नुहोस् केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण