टीका प्रसाईं र युवराजको स्वरमा नयाँ गीत ‘प्लिज नभन है...’ बजारमा
शुक्रबार, ०२ वैशाख २०७९, १२ : ०३
गायक युवराज मगर र टीका प्रसाईँको आवाजमा नयाँ गीत ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर युवराजले उक्त गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य देख्न सकिन्छ । भिडियोमा गाउँको युवा र शहरकी युवती बीचको कथालाई प्रस्तुत गरिएको छ ।
मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण