तनहुँमा पौडेल र किसान मध्ये कसले मार्ला बाजी? कार्यकर्तामा अंक गणितको लेखाजोखा
तनहुँ - तनहुँको क्षेत्र नं १ को प्रतिनिधिसभाक उम्मेद्वार रामचन्द्र पौडेल र कृष्ण कुमार श्रेष्ठ किसान बीचको प्रतिस्पर्धालाई तनहुँबासीले चासोका साथ हेरेका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा काँग्रेस बामगठबन्धनका कार्यकर्ताले अंक गणितीय हिसावले लेखाजोखा गर्न थालेका छन् ।
नेपाली काँग्रेसमा रहेर उच्च पदमा पुग्दा समेत नेता पौडेलले जिल्लाको समग्र विकासमा खासै चासो नदेखाएको र युवापुस्तालाई चुनावी माहोलमा भर्याङ मात्रै बनाउने प्रवृत्तिले पौडेललाई आफ्नै कार्यकर्ताबाट धोका हुनसक्ने अनुमान गरिएको छ ।
साविकको क्षेत्र नं २ काँग्रेसको बलियो पकड मानिए पनि साविकको क्षेत्र नं १ का बामगठबन्धनको बलियो आधार भएका कारण पनि सहजै रुपमा जित्न सक्ने अड्कलबाजी गरिएको छ ।
काँग्रेसको किल्ला मानिएको यस क्षेत्रमा यस पटकको निर्वाचनमा नतिजा अनपेक्षित आउन सक्ने केही काँग्रेसी कार्यकर्ताकै आंकलन छ ।
यसपटकको निर्वाचनमा नेता पौडेलले बाजी मार्न नसके पौडेलको राजनीति नै धरापमा पर्न सक्ने खतरा छ ।
बामगठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं १ मा प्रतिनिधी सभाका उम्मेद्वार कृष्ण कुमार श्रेष्ठ किसानले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् ।
उम्मेद्वार श्रेष्ठ र पौडेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सोमबार घरदैलो चुनावी अभियानमा रहेका बामगठबन्धन क्षेत्र नं १ का उम्मेद्वार श्रेष्ठ जिल्लाको भानु नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित सभा सहभागी भएका छन् ।
श्रेष्ठको आफू निर्वाचित भएमा जिल्लाको विकास निर्माणमा केन्द्रीत भएर लाग्ने बताएका छन् । खानेपानी, बाटो, बिजुलीको साथसाथै बेरोजगारलाई रोजगारी दिलाउने, पर्यटकीय क्षेत्रको विकास गर्ने नेता श्रेष्ठको भनाइ छ ।
चुनावी प्रचार प्रसारको क्रममा कांग्रेस नेता पौडेलले पनि आफू सदैब तनहुँको बिकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
-
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण