राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ
कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेम फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।
नियन्त्रणमा लिइएका तीनै जनामाथि ठगी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । राहदानीका लागि अनलाइन फारम भर्नका लागि यसरी अनधिकृत रुपमा चर्को शुल्क लिनेविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सबैमा आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण