वर्षाले भनिन्,`श्रीमतीको रूपमा यात्रा सुरु´
बुधबार, १४ वैशाख २०७९, ०९ : १९
अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् । वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसाेर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले लगनगाँठो कसेकी हुन् ।
वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुङ्गो लगाएर नेपाल फर्किएको निकटस्थहरूको भनाइ छ । विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामै मेहन्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले केही दिन अगाडि सार्वजनिक गरेकी थिइन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण