कम्तीमा ६-९ महिनामा बुस्टर डोज खोप लगाउन विज्ञहरूकाे सुझाव
कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप ६ देखि ९ महिनाको बीचमा लगाउन विज्ञहरूले सुझाव दिएका छन् ।
विश्वका धेरै ठाउँमा दोस्रो मात्राको खोप लगाएपछि खोप लगाउन छोडेको र कतिपय देशका बुस्टर जोड खोप पनि निकै थोरै मानिसले मात्रै लगाइएको पाइएकोले चिकित्सकहरूले यस तर्फ ध्यानाकर्षण गराएका हुन ।
टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले एएनआईसँगको अन्तर्वार्ताको क्रममा भने, “दोस्रो डोज लगाएको ६ देखि नौ महिनाको बीचमा तेस्रो डोज लगाउनु पर्दछ ।”
बढीमा नौ महिना अगाडि नै बुस्टर जोड लगाइसक्नु पर्नेमा जोड दिदै उहाँले पाँच महिना अगाडि लगाउन आवश्यक नभएको पनि स्पष्ट पारे ।
दोस्रो डोज लगाएकाहरूले खोप लगाएको पाँच, छ महिनाभन्दा बढी समय भएको भए तत्काल उनीहरूलाई तेस्रो मात्रा लगाउने व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ छ ।
बढीमा नौ महिना भित्रमा तेस्रो मात्राको खोप लगाएन भने कोरोनाको असर बढी पर्ने भएकाले अहिले नै सतर्क हुन उनले सुझाव दिए ।
भारतमा चाडै नै कोरोना भाइरसको चौथो महामारी सुरु हुन सक्ने चेतावनी दिदै उनले त्यसबाट लड्न सबैले तेस्रो मात्राको खोप लगाएर बस्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण