शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा चुनावी सभा: रामचन्द्र र कृष्णकुमारका चार प्रतिवद्धता

शुक्रबार, १५ मङ्सिर २०७४, ०९ : ३३
शुक्रबार, १५ मङ्सिर २०७४

तनहुँ - नेपाली कांग्रेसका बरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार रामचन्द्र पौडेलले देवघाट क्षेत्रको धार्मिक महत्वलाई अन्तराष्ट्रिय स्तर सम्म पु¥याउने बताएका छन् । 

देवघाट गाउँपालिका वडा नं ५ मा आयोजित चुनावी सभालाई सम्बोधन गदै पौडेलले भने,

-देवघाटको महत्वलाई विश्वभरी छरिएर रहेका हिन्दुधमावालम्बीलाई सम्म पु¥याएर यसक क्षेत्रको महत्वलाई बढाउदै धार्मिक पर्यटनको माध्यमबाट समग्र देवघाट क्षेत्रको विकासलाई अगाडी बढाउने मेरो योजना छ । 

-देवघाटमा देखिएको अव्यवस्थित वसोबास, खानेपानी समस्या समाधान गर्न कांग्रेसकै नेतृत्व अवश्यक छ ।

-देवघाट देखी नवलपरासी, चितवन लगायतका क्षेत्रमा जोड्ने पक्कि पुल लगायतकाको  सर्भेको काम सक्किएको र निर्माण चरणमा रहेकाले अब यस क्षेत्रको विकासले गति लिनेमा म विश्वस्त छु ।

-विभिन्न जातजताीको बसोबास रहेको देवघाट क्षेत्रको संस्कृतिको संरक्षण गर्न म प्रतिवद्ध छु । लोपउन्मुख आदिवासी जनजाती बोटे समुदायको संग्रालय निर्माण गर्न मैले पहल सुरु गरिसकेको छु  । 

जनताले परिवर्तन चाहेका छन्, चुनाव जित्छु स्  किसान श्रेष्ठ
तनहुँ प्रतिनिधि सभा १ मा बाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले तनहुँका जनताले यो पटक परिवर्तन चाहेको भन्दै आफूले चुनाव जित्ने बताएका छन् । कांग्रेसका नेताले पटक–पटक चुनाव जितेर पनि विकास निर्माणका काम नगरेको कारण जनता निराश भएको भन्दै आफूले जनतालाई निराश हुन नदिने बताए ।

भानु नगरपालिकामा घरदैलो तथा सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने,

-चुनाव जितेपछि प्राप्त हुने तलबभत्ता यही क्षेत्रको विकासमा लगाउने छु ।

-विकासमा कसैलाई काखा र पाखा नगर्ने प्रतिबद्धता जनाउँछु । 

-खानेपानी, स्वास्थ्य, विद्युत, टेलिफोनलगायतका कामहरु आफू निर्वाचित भएपछि तुरुन्तै अघि बढाउने छु ।

-भानु नगरपालिकाभित्र थानीमाई मन्दिर, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल लगायतको गुरुयोजना बनाएर विकासकार्यलाई तिव्रता दिनेछु । 

कार्यक्रममा तनहुँ प्रतिनिधि सभा १ प्रदेश सभा १ का उम्मेदवार रामबहादुर गुरुङ्गले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खानेपानी, पर्यटन विकास, भू–उपयोगिता, सहकारी, औद्योगिक विकास, भाषा, धर्म र संस्कृति, युवा खेलकुद तथा रोजगार, सामाजिक सुरक्षा, आर्थिक समृद्धि र उज्यालो अभियानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप