प्रधानमन्त्रीको चुनावी सभा : छत–छतमा जनता, सडकभरी सेना र प्रहरी (फोटोफिचर)
सिरहा । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि देश दौडाहामा छन् । यसै अन्तर्गत बिहिबार उनी सिरहाको भगवानपुर आइपुगे ।
काङ्गेस नेता प्रदीप गिरीको चुनावी क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न उनी सिरहा पुगेका थिए ।
देशभर चुनावी कार्यक्रमलाई लक्षित भइरहेको आक्रमणको असर सिरहा पनि देखियो ।
काङ्ग्रेसका सभापति समेत रहेका देउवा आउने भनेपछि कार्यक्रम स्थल वरपर र आउने बाटोमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सयौँको संख्यामा सेना र प्रहरी तैनाथ गरिएका थिए ।
दाङको तुलसीपुरमा देउवा आफै सहभागी हुने कार्यक्रममा बम विस्फोट हुँदा म्यादी प्रहरीको समेत मृत्यु भइसकेको छ । त्यही भएर बिहिबारको कार्यक्रममा अप्रिय घटना हुन नदिन विशेष ध्यान दिइएको थियो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले आफू फेरि देशको प्रधानमन्त्री बनेर मधेस र मधेसी जनताको समस्या समाधान गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण