बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जानकी मेडिकल कलेजको खाता रोक्न पत्र काटियो

बिहीबार, २२ वैशाख २०७९, २० : ५९
बिहीबार, २२ वैशाख २०७९

जानकी मेडिकल कलेज रमदैयाको नाममा रहेको बैंकको खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय धनुषाले पत्राचार गरिएको छ । श्रम तथा रोजगार कार्यालयले सो कलेजको नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको हो ।

निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र लेख्दै कलेजको नाममा रहेको खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेको छ ।  

सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न बैंकलाई आग्रह गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप