पवन र खेसारी लाल विवाद : रवि किशनले भने, ‘विवादले भोजपुरी फिल्म उद्योग सकिन्छ ’
भोजपुरी सुपरस्टार तथा बीजेपी सांसद रवि किशनले पवन सिंह र खेसारी लाल यादव विवादले पुरै भोजपुरी फिल्म उद्योगलाई हानी गर्ने बताएका छन् । हालै मिडियासँग कुराकानी गर्दै उनले भोजपुरी फिल्म ठूलो उद्योग भइसकेको र अहिले छाएको विवाद उद्योगका लागि दुःखद संकेत भएको बताए ।
‘मैले ४ सय बढी फिल्म गरेको छु । पुरै भोजपुरी फिल्म उद्योगमा एक लाख मानिसले रोजगारी पाएका छन्’ उनले भने ‘यस्तो अवस्थामा दुई सुपरस्टारको विवादले पुरै उद्योग सकिन सक्छ ।’ उनले उद्योग सकिएर पछुताउनु पर्ने अवस्थाबाट सर्तक रहन समेत आग्रह गरेका छन् ।
रविले दुबैको लडाइमा बाहिरको मानिसले मजाक उठाउन थालेका समेत बताए । दुबैको विवादमा जातियताको कुरा समेत उठिरहेको छ । यस विषयमा रविले भने ‘कलाकारको केही जात हुँदैन । जातिय कुरा कहाँबाट आयो ।’ उनले दुबै कलाकार र उनका फ्यानलाई सानो-सानो कुराबाट उठेर तमिल र तेलूगू फिल्म जस्तो भोजपुरी फिल्म उद्योग माथी उठाउन लाग्न अनुरोध समेत गरे ।
पवन सिंह र खेसरी लाल यादवको विवाद पछिल्लो केही समयदेखि चर्किएको छ । खेसारी लाल यादवले पवन सिंहलाई दुई वर्षदेखि उनले र उनको फ्यानले दुख्ख दिएको र छोरी र श्रीमतीलाई रेपको धम्की समेत मिलेको आरोप लगाएका थिए । त्यसपछि दुवैका बीच विवाद चर्किएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण