कांग्रेस उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट
शनिबार, १६ मङ्सिर २०७४, ०८ : ४६
तनहुँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रदेश सभा क तर्फका उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट भएको छ । आज बिहान ५ बजे बम बिस्फोट भएको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ गणपतेस्थित प्रदिप पौडेलको घरको आगनमा बम बिस्फोट गराइएको छ । बिस्फोटबाट मानबिय क्षति नभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ ।
बम बिस्फोटको घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
कार्यकर्तालाइ आग्रह
काङ्ग्रेसका क्षेत्रीय सभापति किसान गुरुङले काङ्ग्रेसको पक्षमा जनलहर उर्लेको देखेर केही तत्वहरुले सुनियोजित ढंगबाट तर्साउन गरेको भन्दै निर्वाचनमा कोहि पनि नआत्तिकन निर्वाचनमा सहभागी हुन कार्यकर्तालाइ आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन
-
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
-
मेटा–रिलायन्स एआई डाटा सेन्टर सम्झौता
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण