शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट

शनिबार, १६ मङ्सिर २०७४, ०८ : ४६
शनिबार, १६ मङ्सिर २०७४

तनहुँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रदेश सभा क तर्फका उम्मेदवार प्रदीप पौडेलको घरमा बम बिस्फोट भएको छ । आज बिहान ५ बजे बम बिस्फोट भएको हो ।

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ गणपतेस्थित प्रदिप पौडेलको घरको आगनमा बम बिस्फोट गराइएको छ । बिस्फोटबाट  मानबिय क्षति नभएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्राहरु भेटिएको प्रहरीले जनाएको छ ।

बम बिस्फोटको घटनामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

कार्यकर्तालाइ आग्रह 
काङ्ग्रेसका क्षेत्रीय सभापति किसान गुरुङले काङ्ग्रेसको पक्षमा जनलहर उर्लेको देखेर केही तत्वहरुले सुनियोजित ढंगबाट तर्साउन गरेको भन्दै निर्वाचनमा कोहि पनि नआत्तिकन निर्वाचनमा सहभागी हुन कार्यकर्तालाइ आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप