एमालेसँग राष्ट्रवादको कुरामा सोच मिल्छ : पाण्डे
आइतबार, २५ वैशाख २०७९, १७ : २०
राप्रपाका नेता विक्रम पाण्डेले एमाले र राप्रपाको विचार, सिद्धान्त र नीति अलग भएपनि राष्ट्रवादको सवालमा सोच मिल्ने बताएका छन् । आइतबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले राष्ट्रियताका सवालमा सोच मिल्ने भएकैले चुनावी गठबन्धन गरिएको बताए ।
‘राप्रपा र एमालेबीच विचार, सिद्धान्त र नीति अलग भएपनि राष्ट्रवादको सवालमा सोच मिल्छ’, पाण्डेले भने, ‘मैले राष्ट्रियताको सवालमा केपी ओलीमाथि उचो मुल्यांकन गरेको अवस्था छ ।’ नेता पाण्डेले विगत ५ वर्षमा भरतपुर महानगरपालिका महानगरपालिका होकी पार्टी कार्यालय भन्ने छुट्याउन सक्ने अवस्था नरहेको टिप्पणी गरे । तर उनले अव आउने जनप्रतिनिधिले जनताको सेवा घरघर पुगेर गर्ने भन्दै आफू राजनीति भन्दा पनि विकास निर्माणबारे बढी जानकार भएकाले भरतपुरका जनतासँग घरघरमै गएर आफ्ना कुराहरु राख्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच बैठक जारी
-
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ