मोरङका नाका बन्द गरिने
जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ । यही वैशाख ३० गते सम्पत्र हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पत्र गर्न मोरङसँग सिमाना जोडिएका नेपाल भारत सीमा नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
मदिरा निषेध
यसैगरी, सोही सन्दर्भमा जिल्लामा मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई प्रभावित हुन नदिन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(थ), गृह मन्त्रालय निर्वाचन सेलको आदेश बमोजिम सो व्यवस्था गरिएको हो ।
यही वैशाख २७ गते राति १२ देखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङ जिल्लाभर मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको हुँदा उल्लिखित क्रियाकलाप नगरी, गराई सहयोग गर्न हुन सबैलाई अनुरोध गरेको छ । यो आदेश बर्खिलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी दाहालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण