सर्लाहीमा ‘सगुन’ खाएर उम्मेदवार बिरामी परेको घटनाको अनुसन्धान गर्दै प्रहरी
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–११ मा घरदैलो गर्दा दिएको ‘सगुन’ खाँदा उम्मेदवारसहित माओवादी केन्द्रका ५ जना कार्यकर्ता बिरामी भए । वैशाख २५ मा वडा नम्बर–११ का माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवार शेष इस्तियाक सहित ५ जना बिरामी भएका हुन् ।
उम्मेदवार शेष इस्तियाक र ओम प्रकाशको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । पूर्णिमा भण्डारी, शेष आरिफ र शेष रिजवानको चाहिँ हरिवनमा उपचार हुँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । विरामी भएकाहरुको बान्ता र रगत परिक्षणका लागी खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा पठाइएको सर्लाहीका एसपी प्रवीण पोखरेलले रातोपाटीलाई बताए । परीक्षणको रिपोर्ट आएको छैन ।
स्थानीय तह निर्वाचनमा मत माग्न घरदैलोमा जाँदा ‘सगुन’ बापत स्थानीयले दिएको कोक र मिठाई खाँदा बिरामी भएकाहरुको स्वास्थ्यमा सुधार हुँदै छ । ‘विष’ खुवाएको आरोप लागेकाहरूले ‘पोइजन खुवाएको पुष्टि भए कारवाही भोग्न तयार’ रहेको प्रहरीलाई बताएका छन् । विरामी हुनेहरुको घाँटी सुन्निएको हुनाले चिकित्सकले ‘पोभिजनिङ’ भनेका छन् । विरामीहरूले भोट माग्न जाँदा पानी, कोक र मिठाई खाएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्री स्टार्मरलक्षित आगजनीमा रुसको हात
-
गर्मी छल्न पोखरा ओर्लिए भारतीय पर्यटक, ‘अफसिजन’ मा पनि होटलहरू भरिभराउ
-
रवि र जीबीविरुद्ध सहकारी ठगी बाहेकका अभियोग हटाउँदा रुपन्देही जिल्ला अदालतले के भन्यो ?
-
जापानमा १९९५ यता पहिलो पटक बढ्यो ब्याज
-
ट्रम्पले शुक्रवार अघि नै अमेरिका–इरान सम्झौता सार्वजनिक गर्न सक्ने
-
पर्वतमा सहिदको घरमै पुगे सशस्त्र प्रहरी प्रमुख पौडेल, दोसल्ला ओढाएर गरे सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

