बैकिङ कसुरमा फरार महिला पक्राउ, कैद भुक्तान गर्न जेल चलान
बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङलाई लुकीछिपी बसेको सूचनाको आधारमा २४ वैशाखमा काठमाडाैं बालाजुबाट पक्राउ गरेको हो ।
पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो । तर, गुरुङले जरिवाना बापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी सम्मानित अदालतको आदेशले निजलाई तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी मंगलबार लमजुङ जिल्ला अदालतबाट कैद भुक्तान गर्न कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनले ८ वैशाख ०७८ र २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण