उपमेयरका उम्मेदवारविरुद्धको मुद्दाको पेशी सर्यो
नेकपा एमालेकी उममेयरकी उम्मेदवार शिल्पा निराला कार्कीविरुद्धको मुद्दाको पेशी सरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयरकी उम्मेदवार कार्कीविरुद्ध जनता समाजवादी पार्टीका अर्का उम्मेदवार अमरेन्द्र यादवले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुन नसकेको हो ।
उक्त मुद्दाको सुनुवाई शुक्रबार हुने भएको छ । मुद्दा पक्षका अधिवक्ता पेशलकुमार न्यौपानेका अनुसार न्यायाधीश प्रकाश राउत र नहकुल सुवेदीको बेञ्चमा परेको उक्त मुद्दा विपक्षी कार्कीका पक्षबाट बहस गर्न चाहेका इन्द्र अधिकारीका कारण सरेको हो । अधिवक्ता कार्की र न्यायाधीश राउतबीचको नाता सम्बन्ध भएकाले उक्त मुद्दाको आज हेर्न नमिल्ने भन्दै सुनुवाई सरेको हो ।
कोशी अञ्चल अस्पताल सञ्चालक समितिको सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । कार्की विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा त्यसको सुनुवाइ नभएपनि विवाद सर्वोच्चसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण