शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

बुधबार, २८ वैशाख २०७९, २२ : १८
बुधबार, २८ वैशाख २०७९

जंगलमा घाँस काटेर आउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट मृत्यु भएको छ । फलामको पोलमा छुँदा करेन्ट लागेर उनको कम्मरमुनी र टाउको जलेर खरानी भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले जानकारी दिए । हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पूर्ववडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप