मताधिकारको प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल
बिहीबार, २९ वैशाख २०७९, १९ : ४४

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई अपिल गरेका हुन् ।
देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् । 'बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो' प्रधानमन्त्री देउवाले भनेका छन्, 'स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन म सबैमा आग्रह गर्दछु ।'
देशभर भोलि स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीमा हुने
-
टेलिकमको बिलिङ ठेक्कामा अर्यालसहित २३ जनालाई यसकारण चलाइएन मुद्दा
-
४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाएर गणमा सरुवा
-
नेपाल लिकर्स प्रालिले ४६औं वार्षिकोत्सव मनायो
-
मिसन ८४ भनेको एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्नु हो : प्रधानमन्त्री
-
कालीगण्डकी डाइभर्सन हुन सक्दैन: मुख्यमन्त्री पाण्डे