शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मृत भेटिइन् अभिनेत्री सहाना

शनिबार, ३१ वैशाख २०७९, १४ : ३१
शनिबार, ३१ वैशाख २०७९

मोडल तथा मलयालम अभिनेत्री सहाना मृत भेटिएकी छन् । मिडिया रिपोर्टका अनुसार उनी घरकै बाथरुमा मृत भेटिएकी हुन् ।

उनले एक दिन पहिले आफ्नो जन्मदिन सेलिब्रेसन गरेकी थिइन् । सहानाको आमाबुबाले छोरी घरेलु हिंसाको सिकार भएको आरोप समेत लगाएका छन् । उनको निधनको सोधपुछका लागि प्रहरीले पति सज्जादलाई हिरासतमा लिएको छ ।

सहानाको आमाले आफ्नो छोरीले आत्महत्या गर्न नसक्ने भन्दै उनको हत्या भएको दाबी गरेकी छन् । छोरीले श्रीमान्ले आफूलाई कुट्ने र खाना पनि नदिने गरेको गुनासो गर्दै आएको समेत बताएकी छन् । सहाना कोजिकोडमा बस्दै आएकी थिइन् । सहाना र सज्जादको विवाह डेढ बर्ष अगाडि भएको थियो । केही अगाडि उनी आफु घरेलु हिंसाको सिकार भएको बिषयमा उजुरी दर्ता गराउने तयारीमा थिइन् । तर पति सज्जादको साथीहरुले सम्झाएको कारण उनी रोकिएकी थिइन् । हालै सहानाले एक फिल्ममा काम गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप