बंगाली टिभी अभिनेत्री पल्लवीको मृत्यु, घरभित्र झुण्डिएको अवस्थामा फेला
बंगाली टिभी अभिनेत्री पल्लवी डेको निधन भएको छ । कोलकातामा बंगाली टिभी नायिका पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको छ । उनको शव आइतबार बिहान भेटिएको हो । प्रहरीका अनुसार प्राथमिक छानबिनपछि यो आत्महत्या मामिला बताइँदै छ ।
प्रहरीले सुरु गर्यो अनुसन्धानः
भारतीय सञ्चार माध्यमका अनुसार यो मामिलामा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । पल्लवीको शव उनको घरको पंखामा झुण्डिएको थियो । पल्लवीलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल लग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।
पल्लवीको शव पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीले नायिकाले आत्महत्या गर्नु पछाडिको कारण जान्ने कोसिस गरिरहेको छ ।
बंगाली टिभीकी चर्चि अभिनेत्री थिइन् पल्लवीः
पल्लवी बंगाली टिभी इन्डष्ट्रिकी एक चर्चित नायिका थिइन् । उनी टिभी शो ‘मोन माने ना’ मा मुख्य भूमिकामा देखिएकी थिइन् । पल्लवी करियरको कुरा गर्नु पर्दा टिभी सिरियल ‘रेशम झाँपी’ मा काम गरेपछि उनले विशेष पहिचान पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्ठा र नियतिका घाउ !
-
इजिप्टले सुरुमै अग्रता बनायो, इरानलाई झट्का
-
विश्वकप समूह ‘जी’का दुई खेल सुरु, बेल्जियम–न्युजिल्यान्ड र इजिप्ट–इरान आमनेसामने
-
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण