आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनुको अग्रता कायमै

शुक्रबार, ०६ जेठ २०७९, १३ : २१
शुक्रबार, ०६ जेठ २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।  ५६ हजार ८४५ गणना हुँदा दाहालले २१,४९२ मत ल्याएकी छन् ।

एमालेका उम्मेदवार विजय सुवेदीले १८२७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार ८६१ मत पाउँदा हिमला गुरुङले १४०२८ मत पाएकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप