मर्मतपछि इजरायलबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ ल्याइयो
काठमाडौँ । मर्मतपछि इजरायलबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौँ ल्याइएको छ । दुबई हुँदै शनिबार साँझ ९ः५६ बजे जहाज काठमाडौँ अवतरण भएको हो ।
उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएपछि निगमले इजरायलस्थित मेन्टेनेन्स एण्ड रिपेयर अर्गनाइजेशनमा मर्मत गर्न पठाएको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरूको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएपछि लामो समयसम्म जहाज इजरायलमै थन्किएको थियो ।
निगमका सम्बन्धित इन्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदन अनुसार सोसँग सम्बन्धित पार्टपुर्जाहरुको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा ढिलाइ हुन पुगेको बताइएको छ ।
उक्त जहाज पूर्वनिर्धारित समय अनुसार वैशाख १० गते नै मर्मत सकी उडान भर्ने तालिका रहेपनि ल्याण्डिङ गरेको अल्टरनेटिभ ब्रेकिङ सिस्टममा प्राविधिक समस्या देखिएकोले सो समेत बनाउन थालिँदा ढिलाइ भएको निगमको भनाइ छ ।
जहाजको इन्जिन मर्मतमा ढिलाइ हुन गएको विषयलाई गम्भीरतापूर्वक अध्ययन विश्लेषण गरी सम्झौता अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण