सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भारत यात्रा टरेपछि चीन पुगे मस्क

आइतबार, १६ वैशाख २०८१, १५ : ३६
आइतबार, १६ वैशाख २०८१

बेइजिङ । अमेरिकी खर्बपति व्यापारी एलन मस्क चीन पुगेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा छापिएको खबरका अनुसार मस्क चीनको राजधानी बेइजिङमा पुगेका छन् । त्यहाँ मस्कले वरिष्ट चिनियाँ अधिकारीहरूसँग विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्लाको फुल–सेल्फ ड्राइभिङ सफ्टवेयर सार्वजनिक  गर्ने विषयमा चर्चा गर्न सक्ने बताइएको छ ।

यसबाहेक सफ्टवेयरको एल्थोरिदमलाई तालिम दिन चीनमा सङ्कलन गरिएको डेटालाई विदेश पठाउने मञ्जरीमाथि पनि छलफल हुन सक्ने बताइएको छ । फुल–सेल्फ ड्राइभिङलाई टेस्लाका लाखौँ ग्राहकहरूको कारबाट सङ्कलन गरिएको भिडियोबाट तालिम दिइन्छ । अप्ठ्यारो खालको स्थितिमा समेत मानव चालकले के गर्छन् भन्ने सिक्न कम्पनीको अटोपाइलट टिमले यस्ता डेटाहरू प्रोसेस गर्ने बताइएको छ । यसकै नक्कल गरेर कम्प्युटर न्यूरल नेटवर्कलाई तालिम दिइन्छ ।

साङहाईमा टेस्लाका चिनियाँ चालकका डेटा भण्डारण

टेस्लाले सन् २०२१ देखि साङ्हाईमा चीनमा प्रयोगमा आएका आफ्ना  सवारी साधनबाट सङ्कलन गरिएको डाटा भण्डारण गरेर राखेको छ । यसलाई अमेरिकालाई दिइएको छैन । टेस्लाले चार वर्षअघि आफ्नो अटोपायलट सफ्टवेयरको सबैभन्दा स्वायत्त संस्करण एफएसडी लञ्च गरेको थियो ।

चिनियाँ ग्राहकहरूले घरेलु बजारमा एफएसडी उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । तर पनि चीनमा यसलाई उपलब्ध गराइएको छैन । यद्यपि, सोशल मिडिया प्लेटफर्म एक्समा एक प्रश्नको जवाफमा टेस्लाले यस महिना चीनका ग्राहकलाई एफएसडी उपलब्ध गराउन सक्ने मस्कले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप