भारतमा रेलमा सेल्फी खिच्दा दुई नेपालीको मृत्यु
मङ्गलबार, १३ असार २०७४, १० : ५६
परासी– भारतमा मलामी गएका दुई नेपाली युवकको ट्रेनले किचिएर मृत्यु भएको छ । उनिहरु सोमबार दिउँसो भारतको उत्तर प्रदेश कुशीनगर जिल्लाको खड्डमा ट्रेनसहितको फोटो सेल्फी लिने क्रममा ट्रेनको तिब्र हवाले ट्रेनमुनी परेको किचिएका हुन् ।
नवलपरासीको सुस्ता गाउँपालिका ५ को बेलवानीका दुवै युवा भारतकोे खुशीनगरस्थित पन्हिवाँमा फुपुुको मलामी गएका थिए ।
मलामीपश्चात घर फर्किने क्रममा तिब्र गतिको ट्रेनसहितको सेल्फी फोटो लिन खोज्दा ट्रेनको हावाले लडेर उनीहरु ट्रेनको पांग्रामुनी पुगेका थिए ।
ट्रेनले थिचिएपछि दुवैको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मृत्यु हुनेमा सुस्ता ५ बेलवानीका २७ वर्षिय शिवेन्द्र कुर्मी र सोही ठाउँका अन्दाजी १८ वर्षिय धन्नु कुर्मी रहेको प्रहरीले जनाएको छ । उनीहरुको मृत्युको खबरले गाउँबासी शोकमा डुबेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण