यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री
एक समय बलिउड फिल्मलाई मात्रै फिल्म भनिन्थ्यो । तर, पछिल्ला समय साउथ (दक्षिण भारतीय) केही यस्ता फिल्म थिएटरमा रिलिज भए । जसले साउथ फिल्म र त्यहाँका कलाकारलाई विश्वमा चिनायो । आज हामी साउथका केही सफल अभिनेत्रीको चर्चा गर्दैछौ, जो अहिलेसम्म सिंगल छन् ।
अनुष्का : साउथकी हिट अभिनेत्री हुन् अनुष्का शेट्टी । उनले धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन् । बलिउड फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वष पुगिन् । तर, उनी अविवाहित छिन् । केही अगाडि उनको नाम अभिनेता प्रभाससँग समेत जोडिएको थियो ।
नयनतारा : नयनतारा साउथकी लेडी सुपरस्टारको रुपमा परिचित छिन् । निर्देशक विग्नेश शिवनसँग डेट गरिरहेको र दुबैको चाँडै विवाह हुन सक्ने अहिले चर्चा छ ।
त्रिशाा कृष्णन : त्रिशा कृष्णन पनि अविवाहित अभिनेत्री हुन् । उत्कृष्ट अभिनयको कारण साउथमा जम्न सफल उनका लाखौं फ्यान छन् । तर आफ्नो पूरा जीवन बिताउने निर्णय लिन सक्ने कोही जीवनसाथी उनले अहिलेसम्म पाएकी छैनन् ।
रश्मिका : रश्मिका मन्दाना साउथपछि बलिउड डेब्युको तयारीमा छिन् । उनको नाम अभिनेता विजय देवरकोन्डासँग पनि जोडिएको छ । दुबैको अफेयरको खबरले फ्यानहरु माझ चर्चा पाइरहेको छ । तर, दुवैले एक अर्कालाई असल साथि मात्र मान्छन् ।
साई पल्लवी : साई पल्लवी एक शक्तिशाली दक्षिण भारतिय अभिनेत्री हुन् । जसका लाखौं प्रशंसक छन् । उनी अभिनयका साथै सौन्दर्यका कारण पनि चर्चित छिन् । साईको पनि अहिलेसम्म विवाह भएको छैन । उसले पनि आफ्नो जीवनमा त्यस्तो व्यक्ति नभेटेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण