आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको नेतृत्वमा तनहुँका दुई मतदान केन्द्र

बुधबार, २० मङ्सिर २०७४, ०७ : ४७
बुधबार, २० मङ्सिर २०७४

तनहुँ - मंसिर २१ गते (बिहीबार) हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तनहुँको दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।
 
व्यास नगरपालिका वडा नम्बर ३ स्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालय, दमौलीको दुइ वटै मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महिलामैत्री निर्वाचन केन्द्र 
निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत अर्जुन प्रसाद कोइरालाले रातोपटीलाई जानकारी दिए ।

१२ महिला कर्मचारी
महिला कर्मचारी परिचालन भएका एक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, ६ जना सहायक कर्मचारी र ४ जना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ । सोही विद्यालयको अर्को मतदान केन्द्रमा पनि सोही संख्यामा महिला कर्मचारी रहेका छ्न । 

को-को छन् ?
महर्षी वेदव्यास सस्कृत माध्यमिक विद्यालय, दमौलीको एउटा मतदान केन्द्रमा मतदान अधिकृत माया कुमारी बराल, सहायक मतदान अधिकृतमा लक्ष्मी राना, सहायक कर्मचारीहरूमा शोभा पौडेल, धनमाया नेपाली, कल्पना गैह्रे, सुजिता रिमाल तथा नन्द कलि सापकोटा, कल्पना गुरुङ सहयोगी कर्मचारीहरूमा लाई खटाइएको हो । 

अर्को मतदान केन्द्रमा मतदान अधिकृत बुनु गौडेल, सहायक मतदान अधिकृतमा रिता खनाल, सहायक कर्मचारीहरूमा सारदा गैह्रे, इन्दिरा बराल, अप्सरा पौडेल, कल्पना लम्साल तथा केशरी माया लुङ्गेली सहयोगी कर्मचारीहरूमा लाई खटाइएको हो । 

मतदाता
चारवटा नगरपालिका र छ वटा गाउँपालिका रहेको तनहुँमा दुई लाख ११ हजार ३९६ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप