मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा निर्वाचनको सम्पूर्ण तयारी पुरा

बुधबार, २० मङ्सिर २०७४, १० : ०९
बुधबार, २० मङ्सिर २०७४

तनहुँ - जिल्लाका सबैजसो मतदान केन्द्रमा कर्मचारी र आवश्यक बन्दोबस्ती भैसकेको घिमिरेले बताए । जिल्लाभर तीन हजार १ सय ७६ कर्मचारी चुनावका लागि खटिएका छन् । 

-जिल्लाभर तोकिएका दुई सय ६५ मतदान केन्द्रमा मंगलबारदेखि परिचय पत्र वितरण थालिएको हो । यो क्रम आज साँझ सम्म चल्ने छ ।

-जिल्लामा एक हजार ८४ म्यादी, ८ सय जनपथ प्रहरी परिचालन गरिएको छ । 

-केन्द्रिय र क्षेत्रीय नीतिअनुसार सुरक्षा नीति तयार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले बताए जानकारी दिए ।

-तनहुँमा १३६ मतदानस्थल र २६५ वटा केन्द्रहरु छन् ।

-सबै मतदान केन्द्रमा कर्मचारी, प्रहरी र सेनाको टोलि पुगिसकेको उनले बताए ।

मतदान स्थललाई सम्वेदनशील अति सम्वेदनशील र सामान्य गरी छुट्टाइएको छ । सोही अनुसार सुरक्षाकर्मीको परिचालन ९ जनादेखि बढीमा २२ जनासम्म जनपथ प्रहरी परिचालन गरिएको छ । आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप