बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘श्रीमान् चुरोट खानुहुन्थ्यो, मलाई क्यान्सर भयो’

मङ्गलबार, १७ जेठ २०७९, १२ : १०
मङ्गलबार, १७ जेठ २०७९

नलिनीले कहिल्यै चुरोट खाइनन् तर उनका श्रीमानले भने खाने गर्दथे । यसै कारण अप्रत्यक्ष रुपमा चुरोटको धुवाँ सासमार्फत् उनको शरीरभित्र प्रवेश गर्यो । तसर्थ उनलाई क्यान्सर भयो ।

भारतकी यी नलिनीको उदाहरण एक्लो उदाहरण मात्रै होइन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको सेवन गर्ने करिब १२ लाखको मृत्यु प्रत्येक वर्ष हुने गर्छ ।

७५ वर्षीया नलिनी सत्यनारायण भन्छिन्, ‘म नाकबाट सास फेर्न सक्दिनँ, घाँटीको प्वालबाट सास फेर्नुपर्छ ।’

श्रीमान् धुम्रपान गर्ने भएकाले ३३ वर्षको वैवाहिक जीवनमा नलिनीले अप्रत्यक्ष रूपमा चुरोट खाइन् । श्रीमानको मृत्यु भएको पाँच वर्षपछि सन् २०१० मा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो ।

हैदरावादकी नलिनी भन्छिन्, ‘मेरो श्रीमान् चेन स्मोकर हुनुहुन्थ्यो । मलाई पनि थाहा थिएन कि यसले मलाई पनि असर गर्छ र यो यति भयानक हुन सक्छ । म सधैं उहाँ बारे चिन्तित भएँ र उहाँलाई धुम्रपान गर्नबाट रोक्न खोज्थे, तर उहाँ फेरिनु भएन ।’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगका कारण प्रत्येक वर्ष झण्डै ८० लाख मानिसको मृत्यु हुने गरेको छ जसमा १२ लाख अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको सेवनकर्ता रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा प्रत्येक वर्ष १३.५ लाख मानिसको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको छ । भारत विश्वको दोस्रो ठूलो सुर्ती उत्पादक र उपभोग गर्ने देश हो ।

मे ३१, विश्व धुम्रपान रहित दिवसको अवसरमा नलिनी जस्ता धुम्रपान नगर्नेलाई पनि सुर्तीले कति हानि गर्छ भन्ने बारे थाहा पाउनुहोस् ।

कर्कश आवाज

आफ्नी नातिनीलाई कथा सुनाउँदै गर्दा नलिनीले आफ्नो स्वर कर्कस भएको महसुस गरिन् । त्यसको केही समयमै उनलाई बोल्न समस्या हुन थाल्यो, निसास्सिएजस्तो हुन थाल्यो ।

अनुसन्धानका क्रममा उनको छातीमा क्यान्सर भएको पत्ता लाग्यो । डाक्टरहरूले उनको भोकल कर्ड र थाइरोइड ग्रन्थी हटाउनु पर्यो । नलिनीले भनिन्, ‘म बोल्नै सकिनँ । यसले मलाई असाध्यै निराश बनायो । त्यसपछि डाक्टरले मेरो स्वर उस्तै नहुने बताए ।’

नलिनीकी नातिनी जननी अहिले १५ वर्षकी भइन् । जननी सम्झन्छिन्, ‘अचानक हजुरआमालाई के भयो भन्ने मलाई लाग्थ्यो ।’

जननीले भनिन्, ‘उनी लामो समयसम्म उपचारका लागि अस्पतालमा बस्नुपर्ने भयो । उनी फर्किदा म चार वर्षको थिएँ। उनको पेटमा धेरै ट्युबहरू थिए । जताततै ट्युबहरू देखिन्थे । हामीसँगै एउटी नर्स बसेकी थिइन् । र हामीले पूरै घर सफा राख्नु पर्दथ्यो । मैले त्यसबेला परिस्थितिको गम्भीरता बुझिनँ । यो सबै निराशा गर्ने खालको थियो ।’

नलिनी भाग्यमानी थिइन् कि उनले राम्रो उपचार पाइन् र भाइब्रेसन भ्वाइस बक्सको मद्दतले उनी फेरि बोल्न थालिन् । तर उनले आफ्नो समस्याको कारण पत्ता लगाइन्, ‘मेरो श्रीमानकै कारण मलाई क्यान्सर भएको हो ।  धुम्रपान गर्नेहरूले धेरैजसो विषाक्त पदार्थ बाहिर निकाल्छन् र ती पदार्थ प्यासिभ स्मोकर्सको शरीरभित्र सास फेर्ने क्रममा प्रवेश गर्ने गर्छ ।’

निष्क्रिय धुम्रपान पनि घातक हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती कुनै पनि रूपमा हानिकारक छ र बिल्कुल सुरक्षित छैन ।’

विश्व स्वास्थ्य संगठनको युरोपेली कार्यालयको सुर्ती नियन्त्रण विभागका प्राविधिक अधिकारी एन्जेला किउबानुले निष्क्रिय धुम्रपानको बारेमा कुरा गर्दै भनिन्, ‘अप्रत्यक्ष रूपमा, धुम्रपान प्रयोगकर्ताहरूको शरीरमा ७००० रसायन पुग्छन्, जसमध्ये ७० वटा क्यान्सरका कारक तत्व हुन सक्छन् । अप्रत्यक्ष रुपमा धुम्रपानको चपेटामा आउने मानिसमा धुम्रपान नगर्नेहरुको तुलनामा फोक्सोको क्यान्सर हुने आशंका २० देखि ३० प्रतिशत बढ्ने गर्छ ।’

धुम्रपान मुटुको स्वास्थ्यका लागि पनि हानिकारक छ । एन्जेला भन्छिन्, ‘एक घण्टाको अप्रत्यक्ष धुम्रपानले मुटुमा रगत पुर्‍याउने धमनीको भित्री पत्रलाई क्षति पुर्‍याउँछ, जसले हृदयघातको जोखिम बढाउन सक्छ ।’

धुम्रपान प्रतिबन्ध

विश्व स्वास्थ्य संगठन धुम्रपानमा पूर्ण प्रतिबन्धको वकालत गर्दछ । एन्जेलाका अनुसार धुम्रपान नगर्नेहरूका लागि पूर्ण रूपमा धुम्रपानरहित वातावरण सुरक्षाको प्रभावकारी उपाय हुन सक्छ ।

‘आफू वा आफ्नो बच्चाको वरिपरि कसैलाई धुम्रपान गर्न नदिनुहोस् । स्वच्छ हावा मौलिक मानव अधिकार हो,’ एन्जेला भन्छिन् । तर, सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउन त्यति सजिलो छैन । ग्रान्ड भ्यू रिसर्चको विश्लेषण अनुसार सन् २०२१ मा सुर्तीजन्य पदार्थको उद्योग ८५० अर्ब डलरको थियो ।

यो अफ्रिकाको सबैभन्दा ठूलो जनसंख्या भएको देश नाइजेरियाको कुल जीडीपी भन्दा झन्डै दोब्बर हो । विश्व बैंकको अनुमान अनुसार २०२० मा नाइजेरियाको जीडीपी ४३० अर्ब डलर थियो ।

ग्राण्ड भ्यू रिसर्चका अनुसार एसिया र अफ्रिकामा धुम्रपान गर्नेको संख्या बढ्दै गएका कारण सुर्तीको माग बढिरहेको छ ।

तिनीहरूको व्यापारिक स्वार्थका कारण, सुर्ती कम्पनीहरूले स्वास्थ्य नियामकहरूलाई चुनौती दिइरहेका छन् र धुम्रपानमा पूर्ण प्रतिबन्धबाट बच्न सक्षम छन् ।

हजारौं बालबालिकाको मृत्यु

विश्व स्वास्थ्य संगठनका अनुसार निष्क्रिय धुम्रपानका कारण विश्वभर हरेक वर्ष ६५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । अप्रत्यक्ष धुम्रपानका कारण बालबालिकामा श्रवणशक्ति कम हुने पनि हुन सक्छ ।

‘बालबालिकाहरूमा श्वासप्रश्वाससम्बन्धी रोगहरू हुने जोखिम ५० देखि १०० प्रतिशतसम्म बढ्न सक्छ, जसमा दम र सडन इन्फेन्ट डेथ सिन्ड्रोम हुने जोखिम बढ्छ,’ एन्जेला बताउँछिन् ।

विश्व स्वास्थ्य संगठन धुम्रपानमा पूर्ण प्रतिबन्धको वकालत गर्दछ। एन्जेला भन्छिन्, ‘धुम्रपान नगर्नेहरूका लागि पूर्ण रूपमा धुम्रपानरहित वातावरण सुरक्षाको प्रभावकारी उपाय हुन सक्छ ।’

‘आफ्नो वा आफ्नो बच्चाको वरिपरि कसैलाई धुम्रपान गर्न नदिनुहोस् । स्वच्छ हावा मौलिक मानव अधिकार हो,’ एन्जेला भन्छिन् । तर, सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउन त्यति सजिलो छैन । ग्रान्ड भ्यू रिसर्चको विश्लेषण अनुसार सन् २०२१ मा सुर्तीजन्य उद्योग ८५० अर्ब डलरको थियो।

यो अफ्रिकाको सबैभन्दा ठूलो जनसंख्या भएको देश नाइजेरियाको कुल जीडीपी भन्दा झन्डै दोब्बर हो । विश्व बैंकको अनुमान अनुसार २०२० मा नाइजेरियाको जीडीपी ४३० अर्ब डलर थियो ।

ग्राण्ड भ्यू रिसर्चका अनुसार एसिया र अफ्रिकामा धुम्रपान गर्नेको संख्या बढ्दै गएका कारण सुर्तीको माग बढिरहेको छ ।

व्यवसायिक स्वार्थका लागि सुर्तिजन्य कम्पनीहरूले स्वास्थ्य नियामकहरूलाई चुनौती दिइरहेका छन् र धुम्रपानमा पूर्ण प्रतिबन्ध लगाउनबाट जोगिन सक्षम छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप