तनहुँमा पौडेल र श्रेष्ठले गरे मतदान: दुई उम्मदेवारको यस्तो छ प्रतिक्रिया
तनहुँ - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलका प्रतिस्पर्धि बाम गठवन्धनका तर्फबाट साझा उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले मतदान गरेका छ्न ।
तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले व्यास नगरपालिका वडा नम्बर ४ स्थित मदर्सा माविको मतदान केन्द्र क बाट मतदान गरेका छन् ।
उम्मेदवार श्रेष्ठले निर्वाचनबाट चुनिएका प्रतिनिधिले अबको ५ वर्षमा जिल्ला लगाएत सिङ्गो देश विकास गर्ने हुँदा विवेक प्रयोग गरि मतदान गर्न मतदातालाई आग्रह गरेको छन् ।
श्रेष्ठले सम्पुर्ण मतदाता लाई ढुक्कसँग मतदान केन्द्रमा गइ मतदान गर्न अनुरोध गरेका छन् ।
त्यस्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका छन ।
पौडेलले लोकतन्त्र लाई सस्थागत गर्न र समृद्धिका लागि यो निर्वाचन ऎतिहासिक भएको बताए । सम्पूर्ण मतदातालाई मतदान गर्न समेत उनले आग्रह गरे ।
पौडेल र श्रेष्ठबीचको चुनावी भिडन्त निकै रोचक बनेको छ ।
यस अघि २०७० सालको निर्वाचनमा पनि पौडेल र श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा पौडेल विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूद्वारा नाराबाजीसहित बेल घेराउ, पेलेरै अघि बढे सभामुख (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण