मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा पौडेल र श्रेष्ठले गरे मतदान: दुई उम्मदेवारको यस्तो छ प्रतिक्रिया

बिहीबार, २१ मङ्सिर २०७४, ०९ : १२
बिहीबार, २१ मङ्सिर २०७४

तनहुँ - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलका प्रतिस्पर्धि बाम गठवन्धनका तर्फबाट साझा उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले मतदान गरेका छ्न । 

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले व्यास नगरपालिका वडा नम्बर ४ स्थित मदर्सा माविको मतदान केन्द्र क बाट मतदान गरेका छन् ।

उम्मेदवार श्रेष्ठले निर्वाचनबाट चुनिएका प्रतिनिधिले अबको ५ वर्षमा जिल्ला लगाएत सिङ्गो देश विकास गर्ने हुँदा विवेक प्रयोग गरि मतदान गर्न मतदातालाई आग्रह गरेको छन् ।

श्रेष्ठले सम्पुर्ण मतदाता लाई ढुक्कसँग मतदान केन्द्रमा गइ मतदान गर्न अनुरोध गरेका छन् ।

त्यस्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका छन ।

पौडेलले लोकतन्त्र लाई सस्थागत गर्न र समृद्धिका लागि यो निर्वाचन ऎतिहासिक भएको बताए । सम्पूर्ण मतदातालाई मतदान गर्न समेत उनले आग्रह गरे ।

पौडेल र  श्रेष्ठबीचको चुनावी भिडन्त निकै रोचक बनेको छ ।

यस अघि २०७० सालको निर्वाचनमा पनि पौडेल र श्रेष्ठ बीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनमा पौडेल विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप