करेन्ट लागेर दुई जनाको मृत्यु
मङ्गलबार, ३१ जेठ २०७९, ०९ : ३८
रुपन्देही र पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैना नगरपालिका –७ देवीटोलका ५५ वर्षीय इन्द्रबहादुर काउछा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –३ निवासी ६५ वर्षीय केशवबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो ।
काउछाको आफ्नो बंगुर फर्ममा सफा गर्ने क्रमममा करेन्ट लागेर गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै नवलपरासीका मल्लको वडा नम्वर ४ झ्यालबास स्थित खेतमा पानी लगाउने क्रममा पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण