बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवाबाट अवकाश भएपनि अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट हट्नु नपर्ने

शुक्रबार, ०३ असार २०७९, ०८ : ०६
शुक्रबार, ०३ असार २०७९

सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समितिको तेस्रो संशोधनमा नयाँ व्यवस्था कायम गरेको हो । जसअनुसार अब स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा पनि कार्यकारी निर्देशकमा बहाल रहने बाधा हुनेछैन ।

सरकारले गठनादेश दफा ६ (३) मा क थपेर ‘कार्यकारी निर्देशक पदमा नियुक्त भएका चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा समेत कार्यकारी निर्देशकको पदमा बहाल रहिरहन बाधा पर्नेछैन’ कायम गरेको हो ।

मानव अंग प्रत्यारोपणसम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका चिकित्सकलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने गरिन्छ । तर, स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा कार्यकारी निर्देशकबाट हट्ने व्यवस्था रहेकामा सरकारले नयाँ व्यवस्था कायम गरेको हो ।

कार्यकारी निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप