स्वास्थ्य सेवाबाट अवकाश भएपनि अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट हट्नु नपर्ने
सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समितिको तेस्रो संशोधनमा नयाँ व्यवस्था कायम गरेको हो । जसअनुसार अब स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा पनि कार्यकारी निर्देशकमा बहाल रहने बाधा हुनेछैन ।
सरकारले गठनादेश दफा ६ (३) मा क थपेर ‘कार्यकारी निर्देशक पदमा नियुक्त भएका चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा समेत कार्यकारी निर्देशकको पदमा बहाल रहिरहन बाधा पर्नेछैन’ कायम गरेको हो ।
मानव अंग प्रत्यारोपणसम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका चिकित्सकलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने गरिन्छ । तर, स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा कार्यकारी निर्देशकबाट हट्ने व्यवस्था रहेकामा सरकारले नयाँ व्यवस्था कायम गरेको हो ।
कार्यकारी निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण